रञ्जन कुमार भण्डारी
महोत्तरी,५ मंसिर ।
मधेश प्रदेशका मुख्यमन्त्रीमा पुनः जसपा नेपालका सरोज कुमार यादव नियुक्त भएका छन । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तोकिएको समयभित्र दुई वा दुई भन्दा वढी दलहरुको समर्थनमा बहुमत प्राप्त नभई प्रदेश प्रमुखको कार्यालयमा समर्थन पत्र प्राप्त नभएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सवैभन्दा ठुलो दलको हैसियतमा दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशले जनाएको छ ।
शुक्रवार दावी प्रस्तुत गर्न तोकिएको समय बढाउन एमाले,नेकपा र काँग्रेस सहितको दलले निवेदन दिएपनि प्रदेश प्रमुखको कार्यालयले उपधारा (३ं) बमोजिम निर्णय गर्दै यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
मुख्यमन्त्री यादव मधेश प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा एक वर्ष पाच महिना कार्यभाल संभालिसकेका छन ।