मोरङ, कात्तिक ९ गते।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको भारतीय नम्बर प्लेटको हुन्डाई भेन्यु (HYUNDAI VENUE) गाडी मोरङमा नियन्त्रणमा लिइएको छ।
मिति २०८३ कात्तिक ९ गते विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, मोरङबाट खटिएको टोलीले उक्त गाडी नियन्त्रणमा लिएको हो।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याई सीमावर्ती क्षेत्रमा लुकाइछिपाइ प्रयोग भइरहेको अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको गाडी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा दाखिला गराइएको जनाइएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







