महोत्तरी,२४ असोज ।
जिल्ला हुलाक कार्यालय महोत्तरीले १५२औं विश्व हुलाक दिवसको अवसरमा दिन दिवसिय कार्यक्रम आयोजन गर्दै सरसफाई,फलफुल वितरण तथा कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । जिल्ला हुलाक कार्यालय जलेश्वरले कार्यालय परिसरमा सरसफाई तथा प्रादेशिक अस्पताल जलेश्वरका विरामीलाई फलफुल वितरण गरेको हो भने कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रममा कर्मचारी र पत्रकारलाई सम्मान गरेको हो । कार्यालयका कार्यालय प्रमुख रामचन्द्र साहले दोसल्ला तथा सम्मान पत्र प्रदान गरि सम्मान गरेका हुन ।
सम्मान गरिएकोमा पिपरा पालिका हुलाक कार्यालयका खरिदार विजय कुमार चौधरी,जिल्ला हुलाक कार्यालयका खरिदार शोभा पराजुली,बर्दिवास हुलाक कार्यालयका हलकारा अनिता महतो,गौशाला हुलाक कार्यालयका हलकारा विजय यादव तथा अतिरिक्त हुलाकका ब्रम्हदेव सिंह,रामदिनेश यादव,खुवलाल रजक,दयासिन्धु झा तथा जिल्ला हुलाकका कार्यालय सहयोगी कल्पना कुमारी साह छन । यस्तै अवकास प्राप्त कर्मचारीहरु मिनादेवी कर्ण,देवशरण यादव,जीतनारायण पाण्डे,गौरीशंकर साह,दिपक तिवारी छन ।
जिल्ला हुलाक कार्यालयका प्रमुख साहको हातवाट हुलाक सेवाको प्रचार प्रसार तथा हुलाकको ईतिहास समेतको खोजविन तथा समाचार सम्प्रेषणमा विशेष योगदान पुर्याएका कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिष्ट पत्रकार तथा लेखक राकेश प्रसाद चौधरीलाई समेत सम्मानित भएका छन ।
जिल्ला हुलाक कार्यालयका खरिदार सतिश कुमार महतोको संयोजकत्वमा गठन तयारी समितिले कार्यक्रम सफल बनाउन सहयोग पुर्याएकोमा कार्यालय प्रमुख साहले समितिलाई समेत धन्यवाद दिएका हुन ।







