काठमाडौं , २o८३ असोज ९ ।
८ करोड ४२ लाख ३६ हजार रुपैयाँ बिगो भएका १२ वटा बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दाका फरार प्रतिवादी शेरबहादुर मगर पक्राउ परेका छन्।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ४८ वर्षीय मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–१० बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार विभिन्न अदालतको फैसलाबाट मगरलाई १२ वटा मुद्दामा २ वर्ष १ दिन कैद र ६२ लाख ९० हजार १०० रुपैयाँ जरिवाना हुने ठहर भएको थियो। उनलाई फैसला कार्यान्वयनका लागि बुधबार सम्बन्धित जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
मगरविरुद्ध काठमाडौं र ललितपुरका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका थिए। काठमाडौं जिल्ला अदालतमा चेक अनादरसम्बन्धी तीनवटा मुद्दासमेत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुद्दाहरूमा ६ करोड ४२ लाख ३६ हजार रुपैयाँ बिगो कायम भएको छ। विभिन्न मुद्दामा १ लाखदेखि ६९ लाख ८० हजार रुपैयाँसम्मको बिगोसमेत उल्लेख गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले खोजतलासका क्रममा पक्राउ परेका मगरलाई अदालतमा बुझाई फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाएको जनाएको छ।







