महोत्तरी,४ असोज ।
मधेशवादी दलले घोषणा गरेको आन्दोलन जनता झुक्याउन मात्र भएको रास्वपा नेता तथा प्रतिनिधीसभा सदस्य अमरेश कुुमार सिंहले बताएका छन । मेची महाकाली पदयात्रा बारे संचारकर्मीसंग जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो अभियान मधेश र देश जोड्न भएको बताउदै मधेशी दलले समेत सोहि समय गरेको आन्दोलन घोषणा जनता झुक्याउन मात्र भएको आरोप लगाएका छन ।
सुरुमा अन्य ठुला दल भन्नेले मधेशलाई वेवास्ता गरे जस्तै मधेशवादी दलले समेत लामो समय सत्ता चलाउदा समेत मधेशलाई उपेक्षा गरेको थपे । उनले मधेशमा मधेशवादी दलको सत्ता हुदा मधेशीलाइ नचिनेको र मधेशको लागि केहि गर्न नसकेको तर सत्ता हातबाट जानासाथ मधेशी याद आएको प्रतिकृया दिए । उनले यो मधेशी दलको आन्दोलन भ्रममात्र रहेको थपे । जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले सो बताएका हुन ।
यता उनी स्वयम रास्वपाका भएर रास्वपाकै सरकारको आलोचना गरिरहेको भन्ने प्रश्नको जवाफ दिदै आफु सरकारको विरोधमा नभई जनताको पक्षमा भएको र जनताको बोली सदन देखि सडकसम्म बोल्ने र जनताको आवाज बोल्न नडराउने बताए । मधेशमा अझै शिक्षा,स्वास्थ्य,रोजगार र कृषी उपेक्षित भएको भन्दै जनताको लागि पहिलो प्राथमिकतामा रहेको शिक्षा,स्वास्थ्य,कृषि र रोजगारीको लागि जोसुकै सरकारको पक्ष वा विपक्षमा रहेपनि आफुले बोल्न नछोड्ने बताए । यता मधेशवादी दललाई लक्षित गर्दै उनले पोखरी सौन्दर्यकरण, मठ मन्दिर निर्माण लगायतमा कराडौ खर्च गर्नेले शिक्षामा के गरे भन्ने प्रश्न जनताले गरिरहेको बताए । आफ्नो यात्रामा उनी ५ घन्टा पैदल यात्रा र ७ घनटा जनतासंग साक्षात्कार गरेर उनको सुख दुःख बुझ्ने र त्यसको समाधानका उपायका साथै समग्र मेची देखि महाकालीसम्मको विकासको लागि काम गर्ने प्रतिवद्धता जनाए ।
प्रतिनिधीसभा सदस्य सिंहले आफ्नै मधेशको एकजना किसान खेतको लागि भारतमा खाद्य लिन जादा ३८ दिनसम्म भारतिय जेलमा बस्नु परेको पिडा अझै भुल्न नसकेको बताउदै समृद्ध मधेश र आत्मनिर्भर देश बनाउन आफ्नो अभियान तथा लडाई जारी रह्ने बताए ।