काठमाडौं, २o८३ भदौ २७

रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटबाट बगाएर ल्याएको सुनका गरगहना फेला पारी लुकाएको आरोपमा धादिङबाट एकजना पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका–६, बन्छेटार बस्ने करिब ३५ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको हो।

बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते सुनका गरगहना फेला पारेपछि तामाङले कसैलाई जानकारी नगराई आफैंसँग राखेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार तामाङको साथबाट सुनको बाला तीन टुक्रा, झुम्का दुई थान, सिक्री दुई थान, औँठी दुई थान, मंगलसूत्र दुई थान तथा चाँदीको पाउजु दुई जोर बरामद भएको छ।

पक्राउ परेका तामाङमाथि चोरीसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय गजुरीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।