महोत्तरी,२४ भदौं ।
रसुवामा आएको बाढीमा बेपत्ता भएका महोत्तरीको जलेश्वर नगरपालिका ७ महादेवपट्टी निवासी हसान रेजा अन्सारीको परिवारलाई युवा अभियानीहरुको टोलीले खाद्यान्न सामग्री वितरण गरेको छ । जलेश्वर सचेत युवाहरुले संचालन गरेको चन्दा संकलनबाट उपलब्ध भएको रकमले उक्त परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।
युवा अभियानी सुमन चौधरीको नेतृत्वमा राहुल शर्मा,शिवम झा,विवेक चौधरी,प्रशान्त झा,आकेश पासवान,संजय मण्डल,शिवली अन्सारी लगायतका युवाहरुले अभियान संचालन गरि चन्दा संकलन गरि राहत वितरण सुरु गरेको छन ।
युवाहरुले राहत वितरणलाई निरन्तरता दिने बताएका छन । महोत्तरीबाट हसान सहित ९ जना रसुवा वाढीमा अझै सम्पर्क विहिन छन ।