
महोत्तरी,२२ भदौं ।
भदौं १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकाले श्रद्धान्जलीसभा आयोजना गरेको छ । दुवै नगरपालिकाले सार्वजनिक अपिल मार्फत आ आफ्नो स्थानबाट मौन धारण गरि श्रद्धान्जली दिन आव्हान गरेकोमा दुवै पालिकाका स्थानिय,सरकारी कार्यालय,विद्यालय लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरु समेतले श्रद्धान्जली दिएको हो । यता जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले आ आफ्नै कार्यालयमा शोकसभा आयोजन गरि श्रद्धान्जली दिएका हुन ।
मटिहानी नगरपालिकाले भने कुनै एक स्थान निश्चित नगरि बिहान ११ बजे जो जहा जुन अवस्थामा भएपनि त्यहीबाट एक मिनेट मौन धारण गरि श्रद्धान्जली दिन आव्हान गरेकोमा मटिहानीको बजार क्षेत्र विद्यालय लगायतका स्थानमा एक्कै पटक मृतकहरुलाई श्रद्धान्जली दिइएको हो भने जलेश्वर नगरपालिकामा नगरपालिका मातहतका सवै कार्यालय,विद्यालय लगायतमा श्रद्धान्जली दिइएको हो ।
यता आज साझ मानव अधिकार तथा शान्ति समाज महोत्तरीले जलेश्वर स्थित महेन्द्र चौकमा दिप प्रज्वलन गरि शोक दिवस मनाउने निर्णय गरेको छ । सभापति शुभाष विच्छाले साझ ६ बजे सम्पुर्ण मानवअधिकारवादी,समाजका अगुवा लगायत सम्पुर्ण नागरिक समाजलाई दिप प्रज्वलनमा सहभागि हुन आव्हान गरेका छन ।
सरकारले आज राष्ट्रिय शोक दिवस मनाउन निर्णय गरेको थियो ।








