महोत्तरी,१६ भदौं ।
रसुवा सहित चारजिल्ला प्रभावित हुने गरि भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहतको लागि मटिहानी नगरपालिकाले पाचलाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सोमवार पालिकामा बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । कार्यसमिति बैठकले मृतकलाई श्रद्धान्जलि दिदै बेपत्ताको सकुशल उद्धार तथा फिर्तिको लागि कामना समेत गरेको छ ।
मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलले प्रधानमन्त्री दैवी प्रको उद्धार कोषमा उक्त रकम जम्मा गरिने जनाएका हुन । नगरप्रमुख मण्डलले अन्य सहित सम्पर्क बिहिन रहेका मटिहानी नगरपालिका ७ कै ४० वर्षिय गंगाराम मण्डलको समेत खोजी तथा सिघ्र फिर्तिको लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन ।