काठमाडौं

बाढी गएको करिब ६० घन्टापछि रसुवाको टिमुरेबाट उद्धार गरिएकी ६ वर्षीया बालिका मनीषा मगरलाई हेलिकोप्टरमार्फत धुन्चे बजार ल्याइएको छ। शुक्रबार साँझ सशस्त्र प्रहरीको टोलीले उनलाई टिमुरेबाट उद्धार गरेको थियो।

लेदोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले खोजी गरी उनको उद्धार गरेको हो। अचेत अवस्थामा उद्धार गरिएकी मनीषालाई शुक्रबार साँझ सशस्त्र प्रहरीको बीओपीमा राखिएको थियो। शनिबार मौसम खुलेपछि उनलाई हेलिकोप्टरमार्फत धुन्चे ल्याइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले बताए।

प्रहरीका अनुसार शनिबार मनीषाले आफ्नो नामसमेत बताएकी छन्। उनको शरीरभरि चोटपटक लागेको छ र धुन्चेमा उनको उपचार भइरहेको छ।