महोत्तरी,१४ भदौं ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा झुटो विवरण तयार गरी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२ का ३२ वर्षीय भगवान् कार्कीलाई पक्राउ गरिएको हो।
रुसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले च्याट जिपिटी को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए।
उनले तयार गरेको उक्त नक्कली स्टेटमेन्ट तथा क्युआर कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गरी भ्रम फैलाएको प्रहरीको भनाइ छ ।
प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाबारे जानकारी दिइएको छ।