भोटेकोशी तथा त्रिशूलीको बाढीमा परी मृत्यु भएका ७३४ जनाको शव फेला, २२ जनाको मात्रै सनाखत

काठमाडौं । भोटेकोशी तथा त्रिशूलीको बाढीमा परी मृत्यु भएका ७३४ जनाको शव फेला परेको छ। तीमध्ये २२ जनाको मात्रै सनाखत भएको नेपाल प्रहरीले जनाएको छ। शव पहिचानमा समस्या हुँदा व्यवस्थापनमा समेत जटिलता देखिएको प्रहरीको भनाइ छ।

बाढीमा परी मृत्यु भएकाहरूको शव विभिन्न स्थानमा फेला परेपछि सरकारी तथा निजी अस्पतालका शवगृह भरिन थालेका छन्। अन्य कारणले मृत्यु भएकाहरूको समेत पोस्टमार्टम गर्नुपर्ने भएकाले शवगृहमा लामो समयसम्म शव राखेर व्यवस्थापन गर्न कठिनाइ भएको अस्पतालहरूले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका सरकारी अस्पतालमा करिब ६ सय शव राख्न सक्ने क्षमता छ। १५० शव राख्न सक्ने त्रिवि शिक्षण अस्पतालमा मात्रै विभिन्न जिल्लाबाट ल्याइएका करिब सयवटा शव राखिएका छन्। ती शव नुवाकोट, धादिङ, रसुवा र गोरखालगायत जिल्लाबाट ल्याइएको हो।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ वटा शव राखिएका छन्। नवलपुरस्थित मध्यविन्दु अस्पताल तथा अन्य निजी अस्पतालमा गरी ३० भन्दा बढी शव छन् भने चितवनस्थित मेडिकल कलेजमा २५० भन्दा बढी शव राखिएको मन्त्रालयले जनाएको छ।

डा. अधिकारीका अनुसार रसुवा, काठमाडौं, नुवाकोट, धादिङ, चितवन, गोरखा, पोखरा, नवलपुर, ललितपुर र भक्तपुरलगायत जिल्लामा करिब चार सय शवगृह छन्। तीमध्ये अधिकांश भरिएका छन्।

शव व्यवस्थापनका लागि चितवनमा पाँच सय शव राख्न सक्ने क्षमताको अस्थायी शवगृह निर्माण भइरहेको मन्त्रालयले जनाएको छ। चितवनको पुरानो मेडिकल कलेज, त्रिवि शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सयभन्दा बढी शव राख्न सक्ने क्षमता भएका शवगृह छन्। अन्य अधिकांश अस्पतालका शवगृहमा १० देखि १५ वटासम्म मात्रै शव राख्न सकिन्छ।

यसैबीच, बाढीमा परी घाइते भएर उपचारका लागि अस्पताल पुर्‍याइएका पाँचजनाको उपचारकै क्रममा मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा एक–एकजना, त्रिशूली अस्पतालमा दुईजना र रसुवा अस्पतालमा एकजनाको मृत्यु भएको हो।

अस्पतालहरूका अनुसार उनीहरूलाई गम्भीर अवस्थामा उपचारका लागि ल्याइएको थियो।