महोत्तरी,३० श्रावण ।
महोत्तरीको बलवा नगरपालिका वडा नं. २ मा दुईकोठे विद्यालय भवन र तिन कोठे सामुदायिक भवनको नगरप्रमुख राम विजय महतोले उदघाटन गरेका छन । वहुवर्षिय बजेटबाट निर्मित उक्त दुवै भवनको शनिवार उनले उदघाटन गरेका हुन ।
बलवा नगरपालिका २ स्थित श्री माध्यमिक विद्यालय बदियाले वर्षौ देखि भवन अभाव झेल्दै आएकोमा थप गरिएको दुई कोठे भवनले विद्यार्थीको चाप व्यवस्थापनमा थोरै राहत पुग्ने र सामुदायिक भवनले समुदाय स्तरिय कार्यक्रमहरु गर्न सहज हुने विश्वासका साथ भवन उदघाटन गरिएको हो ।


भवन उदघाटन पश्चात बोल्दै नगरप्रमुख महतोले बलवा नगरपालिकामा अझै सोच अनुरुप काम गर्न बाकि रहेको बताउदै शिक्षा क्षेत्रमा सुधारको लागि कुनै एउटा वडामा दुई कोठे भवनमात्र पर्याप्त नरहेको र समग्र पालिकाको शिक्षा क्षेत्रमा सुधारको लागि अझै धेरै विद्यालयमा विद्यार्थी अनुपात अनुसार भवन तथा बेन्च सहितको भौतिक संरचना व्यवस्थापन र विद्यार्थीकै अनुपातमा शिक्षक परिपुर्तिको प्रयास अझै भैरहेको बताएका छन ।


उनले शिक्षाको क्षेत्रमा अझै धेरै कार्य गर्न आवश्यक रहेको र चरणवद्ध रुपमा समग्र शिक्षामा आमुल परिवर्तनको लागि आफुहरु काम गरिरहेको बताए । उनले समुदायकै हितमा कार्यक्रमहरु गर्न समेत टोलहरुमा अझै भवन निर्माण गर्न आवश्यक रहेकोमा शिक्षा र समुदायको लागि समान रुपमा कामहरु पालिकाले गरिरहेको बताए ।
भवनहरु उदघाटन कार्यक्रममा बडा नं. २ का वडाअध्यक्ष शशी भुषण साह,प्रमुख प्रसासकिय अधिकृत उमेश महतो,शिक्षा शाखा संयोजक राजकिशोर झा सहित विभिन्न जनप्रतिनिधीहरु,शिक्षक तथा समुदायका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।