रञ्जन कुमार भण्डारी
महोत्तरी,३० श्रावण ।
महोत्तरीको गौशाला नगरपालिका ४ विर्ता निवासी लक्ष्मण महतोको ६५ वर्षिया श्रीमति राजकुमारी देवी महतो पोखरीमा हात धुन गएको बेला उनको डुबेर मृत्यु भएको छ । वडा नं. २ स्थित सार्वजनिक ठाकुर पोखरीमा उनी हातधुन गएको बेला डुबेर मृत्यु भएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी पञ्चलाल गोलेले प्रारम्भिक जानकारी हात धुने बेला डुबेको आएपनि अनुसन्धान भैरहेको बताए । उनले शवको पोष्टमार्टर रिपोर्टले थप खुल्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







