रञ्जन कुमार भण्डारी
महोत्तरी,२९ श्रावण ।
लर्ड बुद्ध सीप तथा तालिम केन्द्रको आयोजनामा धनुषाको लालगढ स्थित गौतम होटेला बुधवार ‘मिस ब्युटिसियन मधेश २०८३’ सम्पन्न भएको छ । बुधवार भएको सो प्रतियोगितामा मेकअप तर्फ सर्लाही कि जेनिशा विश्वकर्मा प्रथम,महोत्तरी कि सविना लकान्द्री द्वितिय र सर्लाही कै निकिसा श्रेष्ठ तृतिय भएकि छिन । त्यसतै नेल तर्फ महोत्तरी कि सुजिता परियार प्रथम,सर्लाही कि प्रसन्ना बल द्वितिय र सिरहा कि साक्षी साह तृतिय भएकि छिन । यता हेयर तर्फ भने धनुषा कि रोजि श्रेष्ठ प्रथम,सिरहा कि सन्जना श्रेष्ठ द्वितिय र सिरहा कै सिम्ला महतो तृतिय भएकि हुन ।
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा मेकअप,हेयर र नेलमा उत्कृष्ट गर्ने प्रतियोगिहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुको हातबाट नगद तथा शिल्डबाट पुरस्कृत गरिएको छ । लर्ड बुद्ध सीप तथा तालिम केन्द्रका अध्यक्ष घमराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा मिथिला नगरपालिका का उपप्रमुख सुनिता सिंह,कर्जन्हा नगरपालिकाका उपप्रमुख सुनिता श्रेष्ठ र मिथिला नगरपालिका स्थित ईलाका प्रसासन कार्यालय प्रमुख रमेश ज.ब.रा. विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा गायक कमल खत्रीले आफ्नो प्रस्तुती मार्फत सहभागिहरुको मन जित्न सफल भएका थिए ।
शरु श्रेष्ठले संयोजन गरेको उक्त प्रतियोगितामा वेस्ट परफोरमेन्सको पुरस्कार रमिता सिंह,वेस्ट स्पिचको पुरस्कार ममता भगत,वेस्ट फोटोजेनिक पुरस्कार जेनिशा विश्वकर्मा,वेस्ट लुकको पुरस्कार सुस्मिता यादव,पव्लिक च्वाइसको पुरस्कार सरस्वती शर्मा र मोस्ट कन्फिडेन्सको पुरस्कार सन्जु कुमारी साहले हात पारिन ।







