महोत्तरी,१६ श्रावण ।
महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा गत जेठ ११ गते भएको घटनाको सन्दर्भमा भएको मुद्दा दर्ता विरुद्ध स्थानियले मुद्दा फिर्ताको लागि विपि राजमार्ग अवरुद्ध गरेकोमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीसंग वार्तापछि सडक खोलिएको छ । वन कर्मचारीलाई घेरेको र सरकारी सवारीमा आगजनी गरेको विषयमा दर्ता गरिएको आपराधिक उपद्रव मुद्दा फिर्ता लिन उनीहरुले सडक अवरुद्ध गरेका थिए । प्रमुख जिल्ला अधिकारीले घटनाको छानविन हुने र निर्दोष कोहि नपर्ने आश्वस्त पारेपछि स्थानियले सडक खोलेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सञ्चारकर्मीसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी यादवले घटना भएकोमा सवै जानकार रहेको बताउदै घटना पछिको मुद्दा दर्ता हुनु कानुनी प्रकृया रहेको र कानुन भन्दा माथी कोहि नभएकोले अनुसन्धानपछि घटना वारे सवै कुरा खुल्ने नै भएकोले आतिएर सडक नै अवरुद्ध गर्नु पर्ने आवश्यक नरहेकोमा स्थानियहरुसंग कुरा गरेपछि उनीहरु पनि कानुन कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता जनाएर सडक खोलेको बताए ।
यसै विषयमा शनिवार बिहान गृहमन्त्री सुदन गुरुंगले समेत अनुसन्धानबाटै मुद्दा टुंगो लाग्ने स्थानिय सञ्चारकर्मीहरुलाई प्रतिकृया जनाईसकेका छन ।
धनुषाको लालगढमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो बताएका हुन । उनले सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरूलाई लालपूर्जा वितरणका लागि सरकारले गृहकार्य गरिरहेकोले संयमता अपनाउन समेत आग्रह गरे ।







