महोत्तरी,१५ श्रावण ।
महोत्तरी सदरमुकाम जलेश्वर बजार बन्द गरिएको छ । सुन्सरी घटना पछि मधेशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन हुदै गर्दा सदरमुकाम जलेश्वरमा पनि यसको प्रभाव देखिएको छ । हिन्दुवादी संगठनहरुको आव्हानमा शुक्रवार जलेश्वर बजार बन्दका साथै युवाहरुले हिन्दुराष्ट्र कायम गर्न मांग समेत गरेको छ ।


मधेशका विभिन्न स्थानमा प्रहरीको गोलीबाट सर्वसाधारणको मृत्यु भएको र हिन्दुहरुसंग सरकारले समेत कटुता साधेको आरोप लगाउदै युवाहरु आक्रोशित देखिएका हुन ।
जलेश्वरसंगै गौशाला नगरपालिकामा समेत विहानै देखि बजार बन्द गराउन युवाहरु सडकमा देखिएका छन भने जिल्लाका अन्य विभिन्न स्थानमा हिन्दुवादी संगठनका युवाहरु सडक तताउदै छन ।


उनीहरुले हिन्दुराष्ट्रको विकल्प नरहेको भन्दै देशमा स्थायी शान्ति कायम राख्न सरकारले पुराना दलका गल्तीहरु सच्याउदै देशलाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताए ।
हालसम्म जलेश्वर सहित महोत्तरीका सवै स्थानमा भएको आन्दोलन शान्तिपुर्ण रहेको प्रहरीले जनाएको छ ।