रञ्जन कुमार भण्डारी
महोत्तरी,३ श्रावण ।
गत साता सर्प उद्धारको तालिम पछि उद्धार कार्य सुरु गरेको मनरा सिसवा नगरपालिकाका नगरप्रहरीको सर्प उद्धार टोलीले तिन विषालु सहित हालसम्म सात सर्प उद्धार गरिसकेका छन । मिथिला वाईल्ड लाईफ ट्रस्टको सर्प उद्धार विज्ञबाट तालिम प्राप्त गरेका नगरप्रहरीले तालिम पश्चात नै उद्धार कार्यमा खटिएका हुन । उक्त टोलीले पालिका भित्र ६ र मटिहानी नगरपालिकामा १ गरि कुल सात सर्प उद्धार गरेका हुन ।
मनरा सिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयले नागरिकको ज्यानसंगै पर्यावरणलाई सन्तुलन राख्न मद्दत गर्ने सर्प समेतको ज्यान उतिनै महत्वपुर्ण भएकोले मानव र सर्प दुवैको ज्यान जोगाउन पालिकाले यो विपद सम्बन्धि सेवा सुरु गरेको बताए । पालिकाबाट सर्प उद्धारको सेवा सुरु भएसंगै पालिकाभित्र र अन्य पालिकाबाट समेत सर्प उद्धारको लागि फोन आईरहेको उनले बताए ।
नगरपालिकाले क्षमताले भ्याएसम्म नागरिक र पर्यावरण मित्र सर्प जोगाउन कुनै कसर नराख्ने बताए ।