चालु आर्थिक वर्षको असार २८ गतेसम्म गाँजा १४२० किलो १८० ग्राम,खैरो हिरोईन ३८५.३३० ग्राम सहित नेपालमा लागुऔषधको रुपमा प्रयोग हुने विभिन्न ट्यावलेट र इनजेक्सनहरु ७६३० थान र सिरप २१२ बोतल नियन्त्रणमा लिएको जनाएको छ । सोहि अवधीमा प्रहरीले एक विग्हा १५ कट्टा जग्गामा लगाएको झण्डै ५५ हजार गाँजाको बोट समेत नष्ट गरेको छ ।
रञ्जन कुमार भण्डारी
महोत्तरी,३१ असार ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असार २८ गतेसम्म गाँजा १४२० किलो १८० ग्राम,खैरो हिरोईन ३८५.३३० ग्राम सहित नेपालमा लागुऔषधको रुपमा प्रयोग हुने विभिन्न ट्यावलेट र इनजेक्सनहरु ७६३० थान र सिरप २१२ बोतल नियन्त्रणमा लिएको जनाएको छ । सोहि अवधीमा प्रहरीले एक विग्हा १५ कट्टा जग्गामा लगाएको झण्डै ५५ हजार गाँजाको बोट समेत नष्ट गरेको छ । यहि तथ्यांकले महोत्तरी लागुऔषध ओसार पसारको प्रमुख मार्ग बन्दै गएको संकेत दिएको छ ।
प्रहरीले पछिल्ला वर्षहरुमा कारोवारीसंगै लागुऔषध नियन्त्रणमा लिदा अनुसन्धानको क्रममा नेपालबाट भारी परिमाणमा गाँजा भारत तस्करी हुने र भारतबाट नेपालमा प्रतिबन्धित ट्यावलेट,ईन्जेक्सन र सिरपहरु नेपाल भित्रिने देखिएकोमा यो गम्भिर र चिन्तनिय विषय बनेको छ ।
प्रहरीले बरामद गरेको गाँजा अधिकांश महोत्तरीको सिमाक्षेत्र तथा बर्दिवास क्षेत्रबाट पक्राउ गरिएको छ भने थप भारतबाट आउने लागुऔषध महोत्तरीको सम्सी लगायतका विभिन्न नाका तथा नेपालबाट भारत प्रवेश गर्ने गाँजा बर्दिवासको मार्ग प्रयोग गरि रामगोपालपुर,औरही,गौशाला, हुदै सम्सी,जलेश्वर,एकडारा,महोत्तरी लगायतको स्थानमा होल्डगरि स्थानिय बजारको लागि राखि थप लागुऔषध भारत लगिने गरिएको प्रहरी कार्यवाहीमा देखिएको छ । बर्दिवासकै जंगल क्षेत्र सहित खयरमारा लगायतका स्थान समेत गाँजा तस्करीको लागि बढी प्रयोग हुने गरेको देखिएको छ ।

लागुऔषधकै कारोवारमा भारतिय नागरिसंगै मकवानपुर,धनुषा,सिरहा,सर्लाही,बारा,कास्की,सप्तरी,चितवन,सिन्धुली,रौतहट,डडेलधुरा र धनकुटाका व्यक्तिहरु संलग्न रहेको पाइएको छ ।
महोत्तरी प्रहरीले चालु आर्थिक वर्षमा लागुऔषध मामिलामा ६१ मुद्दा दर्ता गरि ९० पुरुष र २ महिला गरि कुल ९२ जनामाथि मुद्दा चलाईएकोमा सो मध्ये ४८ मुद्दा अदालतमा फैसलाको लागि पठाइएको तथा १३ मुद्दा अझै अनुसन्धानमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी पन्चलाल गोलेले जनाएका छन । उनले पक्राउ परेर अदालतमा पेश भएका आरोपीहरु मध्ये ३३ जना धरौटीमा छुटेका,१३ जना साधारण तारेखमा छुटेका र ४५ जना पुर्पक्षको लागि कारागार चलान भएको बताएका छन । आरोपी मध्ये ८४ जना कारोवारी र ७ जना सेवनकर्ता छन ।
पछिल्लो आर्थिक वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०८०÷८१ मा लागुऔषधकै ५३ मुद्दा दर्ता भएको देखिन्छ भने सोहि अवधीमा प्रहरीले ७१ जना आरोपीलाई पक्राउ गरि अदालत बुझाएको थियो । यता आर्थिक वर्ष २०८१÷८२ मा ५६ मुद्दा दर्ता भई ७६ जना पक्राउ परेका छन । तुल्नात्मक रुपमा हेर्दा हरेक वर्ष लागुऔषध सम्बन्धी मुद्दाको संख्या बढेको देखिन्छ भने आरोपी पक्राउ संख्या समेत बढ्दै गएको छ । यसले जिल्ला लागु औषधको ट्रान्जिट रुटको रुपमा प्रयोग भएको देखिन्छ ।
युवा पुस्ता मुख्य टारगेट ः
महोत्तरीकै समेत लागुऔषध व्यापारीको संलग्नतामा महोत्तरी मार्ग भएर ओसार पसार हुने लागुऔषध यहि जिल्लामा पनि भारीमात्रामा खपत हुने गरेको तथ्यांक छ । प्रहरीले विभिन्न समयमा केहि साना तथा ठुला व्यापारीलाई पक्राउ गरेपछि उनीहरुले स्थानिय बजारमा समेत गाँजा लगायतका विभिन्न लागुऔषधको खपत रहेको स्विकार्ने गरेका छन ।
यता स्थानिय बजारमा गाँजा लगायतको लागुऔषधको सहज उपलब्धताले युवाहरु अधिकांश गाँजा सेवनकर्ताको रुपमा बढी रहेको चिन्ताको विषय भएको मनरा सिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेय बताउछन । उनी मनरा सिसवा नगरपालिकामा लागुऔषध नियन्त्रणको लागि विभिन्न जनचेतना मुलकसंगै अन्य विभिन्न कार्यक्रमको माध्यमले लागुऔषधको सेवनको आदि भैसकेका युवाहरुलाई उक्त कुलतबाट निकाल्न निक्कै प्रयासहरु भएपनि सहज उपलब्धताकै कारण भने आफुहरु आफ्नो लक्ष्यभन्दा निक्कै टाढा रहेको बताउछन । उनी खुल्ला सिमा भएकोले ईन्जेक्सन,ट्यावलेट र सिरप सेवनकर्ता युवाहरु सिमापारी गएरै लागुऔषध सेवन गरेर आउने भएकोले यो नियन्त्रण चुनौतीपुर्ण रहेको थप्छन ।
सेवनकर्ताहरुले सिमापारीबाट लागु औषध ल्याउदा भने विभिन्न तरिकाले लुकाएर ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी पन्चलाल गोलेको भनाई छ । उनी लागुऔषधको मामिलामा प्रहरीले शुन्य सहनसिलता अपनाएको बताउदै जनस्तरबाटै सहयोग पाउन सके लागुऔषध निर्मुल पार्न अझै सहज हुने थप्छन ।
महोत्तरीको नाका हुदै संघिय राजधानी काठमाडौंसम्म भारतबाट आउने लागुऔषध सप्लाई हुने र नेपाली गाँजा भारत जाने ट्रान्जिट प्वाईन्टको रुपमा प्रयोग हुनुले सरोकारबालाको लागि चिन्ताको विषय बनेको सुरक्षा अधिकारीहरु बताउछन । डिएसपी गोले भन्छन,“युवालाई कुलतबाट निकाल्नु ठुलो चुनौती र जिम्मवारी हो । यसको लागि सवैको सहयोग आवश्यक छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत समेत विभिन्न विद्यालय र समुदायमै गई लागुऔषध देखि अन्य विभिन्न जनसरोकारको विषय र युवा लक्षित विषयहरुमा कक्षा नै संचालन गरिरहेको छ तर प्रहरीको मात्र प्रयासले यो सम्भव छैन । अभिभावक समेत आफ्नो सन्तान प्रति जिम्मेवार भैदिदा लागुऔषध सेवनकर्ताको संख्यामा कमि आउने थियो ।”
छैन सरकारी सुधार केन्द्र ः
युवाहरु गलत बाटोमा लागिरहदा महोत्तरमिा भने सुधार केन्द्रको अभाव छ । मुख्य चुनौतीकै रुपमा रहेको लागु औषध दुव्र्यसनी पुनस्र्थापन केन्द्रको अति आवश्यक्ता रहेको महोत्तरीमा यस्तो केन्द्र स्थापनाकै लागि समेत स्थानिय,प्रदेश वा केन्द्र सरकारको पहल वा चासो देखिन्न । सामाजिक अगुवाहरुले विभिन्न कार्यक्रमहरुमा यसवारे आवाज उठाईरहेपनि कुनै निकायबाट चासो नहुदा महोत्तरीमा केन्द्र स्थापना हुन नसकेको सामाजिक अभियन्ता गुन्जा राय बताउछिन । उनी केहि निजी सुधार केन्द्र महोत्तरीमा रहेपनि त्यसको शुल्क अधिकांश अभिभावकले धान्न सक्ने गरि नहुदा यहा सरकारबाट संचालित सुधार केन्द्र आवश्यक रहेको थप्छिन ।
यता अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मधेश प्रदेश संयोजक राजु पासवान भने युवापिढी लागुऔषधको कुलतमा फस्नु दुखःद र राज्यको लागि गम्भिर विषय भएको बताउछन । उनी भन्छन,‘ लागुऔषध दुव्र्यसनीमा युवा जमात फसेको छ । युवा देशको भविष्यका कर्णधार हुन । उनीहरु देश विकास निर्माणमा ठुलो योगदान दिन सक्छ । तर उनीहरु दुव्र्यसनीमा फस्नु नै मानव अधिकारको गम्भिर सवाल हो । युवा जमातलाई दुव्र्यसनीबाट बचाउन राज्यपक्ष गम्भिर हुन आवश्यक छ । ’
अपराध समेत नियन्त्रण हुने ः
हाम्रो समाजमा घट्ने विभिन्न चोरी तथा अन्य आपराधिक घटनाहरुमा लागुऔषध सेवनकर्ताकै संलग्नता वढी देखिएको प्रहरी तथ्यांक छ । प्राय विभिन्न घटना घटाएकाहरु नसाको कारण मानसिक सदबुद्धी गुमाई यस्ता घटना घटाउने गरेका हुन । डिएसपी गोलेले भने युवालाई कुलतबाट निकाल्न सके अपराधको ग्राफ स्वत घट्छ ।
लत खतरनाक ः
लागु औषधको सेवन तथा मदिरा सेवनले आपराधिक घटनाहरु घटाउन उत्तेजना प्रदान गर्ने गरेको चिकित्सकको भनाई छ । प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट रवि श्रीवास्तव लागु औषध सेवनकर्ताको स्नायु प्रणाली लगायतका प्रणालीहरुमा गम्भिर असर पर्ने र एक निश्चित समय पछि सेवनकर्ताको आफैमाथी नियन्त्रण नहुने बताउछन । सेवनकर्ता लागु औषधको विना वस्नै नसक्ने र बिना औषधिक सहयोगमा प्रयास गरे घवराउने,हात खुटटा कपकपाउने लगायतका समस्या आउने बताउछन ।
खुल्ला सिमा,बढ्दो ओसारपसार,स्थानिय बजारमा लागुऔषधको सहज पहुँच,सरकारी पुनस्र्थापना केन्द्रको अभाव तथा युवामा बढ्दो कुलतले महोत्तरीमा समस्या थप जटिल बन्दै गएको देखिन्छ । प्रहरी,स्थानिय तह,स्वास्थ्य संस्था,विद्यालय र अभिभावक बीच सहयोगात्मक समन्वय भए लागुऔषध नियन्त्रण गर्न सकिने भएकोले यहि प्रयास लागुऔषध नियन्त्रण र युवालाई यसवाट निकाल्ने विकल्प रहेको देखिन्छ ।







