महोत्तरी,२८ असार ।
महोत्तरीको भंगहा नगपालिका ४ मा एकदिने धानखेती सम्बन्धी कृषक तालिम सम्पन्न भएको छ । राष्ट्रीय धान अनुसन्धान कार्यक्रम(एनआरआरपी),हर्दिनाथ धनुषा र कोपिया नेपाल केन्द्रको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । डा. चेतन ग्यवालीको अध्यक्षता तथा सिद्धार्थ सापकोटा र राजु महासेठको सहजीकरणमा भएको सो तालिममा २४ जना कृषकले धानखेती सम्बन्धी विशेष जानकारी पाएका छन ।
तालिममा बिउ छनौट,जमिन तयारी र मलखाद व्यवस्थापन,धानका जातहरु तथा बिउ उत्पादन लगायतको विषयमा डा. चेतन ग्यवाली र रवेन्द्र साहले प्राविधिक जानकारी साझा गरेका छन भने सोहि तालिममा कृषकहरुले खैरा रोग,पात मोड्ने किरा,मल आपुर्तिमा ढिलाई,सिँचाई र यान्त्रीकरणको अभाव तथा धानको न्युन बजार मुल्य जस्ता समस्या बारे चर्चा गरेका थिए ।
सम्पन्न भएको एकदिने तालिम वारे जानकारी दिदै कोपिया परियोजना प्रमुख डा.पल्लवी कुमारी सिंहले कृषक,एनआआरपी र कोपिया विच भएको यस्तो प्रत्यक्ष अन्तरकृयाले कृषकलाई कृषी उत्पादन बढाउन मद्दत पुग्ने बताईन । कृषी बारे पुर्ण जानकारी अभावमा उत्पादनमा कमी लगायतका विविध समस्या कृषकले भोग्नुपरेकोमा तालिम पछि समस्याहरुमा सुधारसंगै उत्पादन बढाउन सहयोग पुग्नेमा आफु विश्वस्त रहेको उनले थपिन ।







