रञ्जन कुमार भण्डारी
महोत्तरी,२२ असार ।
सोमबारको मध्यबिहान प्रहरीले ३५.८६ क्युफिट काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कान्तिबजारबाट खटिएको गस्ती टोलीलाई देखेर ट्याक्टर चालक भागेकोमा चौकीको सुचना पछि ईलाका प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर काठ सहितको ट्याक्टर नियन्त्रणमा लिदै अनुसन्धान अगाडी बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी पन्चलाल गोलेले १९ थान साल जस्तो देखिने काठ नियन्त्रणमा लिएको बताउदै ट्याक्टर धनी र चालक बारे खोज तलास भैरहेको बताए ।
काठ र ट्याक्टर आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय लक्ष्मिनिया महोत्तरी पठाइएको छ ।
बन क्षेत्रमा काठ तस्करहरु सकृय भैरहेको सुचनाहरु आईरहेकोमा काठ चोर नियन्त्रणको लागि प्रहरीले गस्ती बढाएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







