रञ्जन कुमार भण्डारी
महोत्तरी,२२ असार ।
महोत्तरीको सोनमा गाउपालिका ७ सुन्दरपुर मा संस्थागत विद्यालय संचालक २५ वर्षिय बिकु साहमाथि चक्कु प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ । असार १९ गते विद्यालयमा अतिरिक्त कक्षा चलाईरहेका बेला अपरान्ह अज्ञात व्यत्तिले उनलाई चक्कु प्रहार गरि घाइते बनाएकोमा प्रहरीले अनुसन्धानको क्रममा आरोपी व्यक्तिको पहिचान गरि उनलाई नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।
साहमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ५ बस्ने ३० वर्षिय जितेन्द्र साहलाई असार २० गते सप्तरीको रुपनी गाउपालिका ३ स्थित कटैया गाउबाट जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय गौशालाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
चक्कु प्रहारको कारण हालसम्म नखुलेको बताउदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी पन्चलाल गोलेले अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाड वढाइएको बताए ।
चक्कु प्रहारबाट घाईते भएका साह हाल उपचारमा रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।







