रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ असार ।
महोत्तरीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको सकृयतामा गाँजाको ठुलो खेप समातिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटरले सुराकीको आधारमा फेला पारेको ४० किलो ३६० ग्राम गाँजा नेपाल प्रहरीलाई २ जना व्यक्ति र ट्रक सहित बुझाएपछि प्रहरीले थप अनुसन्धान गरि थप चारसय ४६ किलो ७४५ ग्राम गरि कुल चारसय ८७ किलो १०५ ग्राम गाँजा समातेको हो ।
सशस्त्र प्रहरीले गाँजाको ठुलो खेप आउदै गरेको भनि पाएको गोप्य सुचनाको आधारमा टोली परिचालन गरेकोमा सोहि टोलीले शनिवार बिहान १ बजे एकडारा गा.पा. वडा नं. ०१ भटौलियामा ना ३ ख ६५९२ नं. को ट्रकबाट ४० किलो ३६० ग्राम गाँजा फेला पारी ट्रक चालक मकवानपुर जिल्ला कैलाश गाउपालिका वडा ०६ भकुण्डे बस्ने २१ वर्षिय विपस नेगी र सोहि गाउपालिकाको वडा नं. १ क्युरेनी बस्ने २४ वर्षिय साधुराम थिंगलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लाििग प्रहरीलाई बुझाएको थियो ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धानको क्रममा थप गाँजा महोत्तरीको अन्य कुनै लोकेशनमा झारिएको पत्तो पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डिएसपी पन्चलाल गोलेको कमाण्डमा पक्राउ परेका चालकले दिएको जानकारीको आधारमा सर्च गर्दा ठुलो खेप समात्न सकेको हो । महोत्तरी गाउँपालिका वडा नं.४ रानी रतवडा स्थित सडक खण्डमा गाँजाको खेप झारेको पक्राउ परेका चालकको बयान पछि प्रहरीले सोहि स्थानमा सर्च अभियान चलाउदा स्थानिय सिया शरण पासवान कि श्रीमति लिलम देवी पासवानले घरमा ताला लगाएर भागेको जानकारी पछि प्रहरीले जनप्रतिनिधीको रोहवरमा घरमा खानतलासी गर्दा खाटमुनि लुकाएर राखिएको चारसय ४६ किलो ७४५ ग्राम गाँजा बरामद गरेको हो ।
चालकले उक्त गाँजा धनकुटाको भेँडेटरबाट ल्याएको प्रारम्भिक बयान दिएको र हाल गाँजाको ठुलो परिमाण भेटिएको सिया शरण पासवान कि श्रीमति लिलम देवी पासवानको खोजी भईरहेको प्रहरीले जनाएको छ ।