महोत्तरी,१८ असार ।
बुधवार उच्च अदालत जनकपुरबाट पाच वर्ष सजाय ठहर भएका पुर्व साँसद लक्ष्मी महतो कोईरी प्रहरीबाट पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवत्ता समेत रहेका डिएसपी पंचलाल गोलेको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई विहिवार साझ गौशाला नगरपालिका ५ स्थित एमालेको पार्टी कार्यालय अगाडीबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी असइ थमन वि.क. हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएपनि उच्च अदालत जनकपुरले बुधवार फैसला गर्दै उनलाई समेत पाचवर्ष सजाय फैसला गरेकोमा सोहि फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाइ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी गोलेले गौशाला नगरपालिका वडा नं. २ निगौल घर भएका कोईरीलाई पक्राउ गरिएको विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन ।
जिल्ला अदालत महोत्तरीबाट वि.सं. २०८०/०८/२८ मा भएको फैसलामा बुधवार केहि परिवर्तित फैसला आएको थियो । बुधवारको उच्चको फैसलामा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका पुर्व साँसद लक्ष्मी महतो कोइरीले पाच वर्ष सजाय पाएका छन भने जन्मकैद सजाय पाएका मध्ये पुर्व प्रदेश राज्यमन्त्री अभिराम शर्मा, पुर्व जलेश्वर अस्पताल अध्यक्ष धर्मेन्द्र राय, पुर्व नगरप्रमुख रामशंकर मिश्र, पुर्व जलेश्वर अस्पताल अध्यक्ष सुरेश पाण्डे र पवन कापरको हकमा जन्मकैदको फैसला उल्टी गर्दै उनीहरुलाई समेत पाच वर्ष सजाय तोकेको हो । यता
सोहि मुद्दामा जन्मकैदको सजाय पाएका थप तिनजना प्रदिप माझी,संजय कुमार साह र मोहन ठाकुरको हकमा जिल्लाकै फैसला सदर गरिएको छ ।







