सफाई पाएका पुर्व साँसद लक्ष्मी महतो सहित जन्मकैद पाएका पुर्व राज्यमन्त्री अभिराम शर्मा,पुर्व नगरप्रमुख रामशंकर मिश्र सहित केहिलाई जन्मकैदबाट घटाई पाच वर्ष कैद ।

रञ्जन कुमार भण्डारी
महोत्तरी,१७ असार ।
सशस्त्र असइ थमन वि.क. हत्या मुद्दामा प्रतिवादीहरुको तर्फबाट परेको पुनरावेदनमा उच्च अदालत जनकपुरका न्यायाधिश टेक नारायण कुँवर र न्यायाधिश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले जिल्लाको आदेशमा आशिंक सदर र आंशिक उल्टी फैसला गरेको छ ।
जिल्ला अदालत महोत्तरीबाट वि.सं. २०८०÷०८÷२८ मा भएको फैसलामा बुधवार केहि परिवर्तित फैसला आएको हो । उच्चको फैसलामा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका पुर्व साँसद लक्ष्मी महतो कोइरीले उच्च अदालतको फैसलाबाट पाच वर्ष सजाय पाएका छन भने जन्मकैद सजाय पाएका मध्ये अन्य प्रतिवादीहरु पुर्व प्रदेश राज्यमन्त्री अभिराम शर्मा, पुर्व जलेश्वर अस्पताल अध्यक्ष धर्मेन्द्र राय, पुर्व नगरप्रमुख रामशंकर मिश्र, पुर्व जलेश्वर अस्पताल अध्यक्ष सुरेश पाण्डे र पवन कापरको हकमा जन्मकैदबाट परिवर्तित गरि जनही पाच वर्ष कैद सजाय तोकिएको हो । यसमा प्रतिवादीहरु प्रदिप माझी,संजय कुमार साह र मोहन ठाकुरको हकमा जिल्लाकै फैसला सदर गरिएको छ ।

फैसलामा भनिएको छ ,‘ मृतक थमन वि.क. को मृत्यु कर्तव्यवाट भएको देखिएको, प्रतिवादीहरु प्रदिप साह माझी, संजय कुमार साह र मोहन ठाकुरको हकमा किटानी जाहेरी परेको, निज प्रतिवादीहरुले अनुसन्धानको क्रममा आरोपित कसूर स्वीकार गरी बयान गरेको, घाइतेलाई उपचार गर्न एम्बुलेन्समा राखी जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सो एम्बुलेन्सका चालक सुशिल मिश्र र संगसाथ रहेका पप्पु कुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकारीसमक्ष उल्लिखित प्रतिवादीहरुको घटनामा संलग्नता रहेको भनी घटनाविवरण कागजमा व्यहोरा लेखाएको एवं प्रथम चरणको घटनामा प्रतिवादी संजय कुमार साह समेतले थम्मन बि.क.लाई प्रहार गरेको फोटोहरुबाट समेत देखिएको छ । ’
अतः उल्लिखित तथ्य प्रमाणहरुको विवेचना गरी प्रदिप साह माझी, संजय कुमार साह र मोहन ठाकुरलाई तत्काल प्रचलित मुलुकी ऐन, ज्यान सम्बन्धीको १ नम्बरको कसुरमा सोहि महलको १३(३) नम्बर वमोजिम जनही जन्मकैद हुने जिल्लाकै फैसला सदर गरिएको छ ।
यता संक्षिप्त फैसलामा अन्य प्रतिवादीहरु अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरको हकमा हेर्दा, यी प्रतिवादीहरुले थमन वि.क.लाई प्रहार गरेको भन्ने तथ्य कुनै वस्तुनिष्ठ प्रमाणबाट प्रमाणित भएको पाईदैन। यसै सिलसिलामा कसूर ठहर भएका प्रतिवादीहरु प्रदिप साह माझी, संजय कुमार साह र मोहन ठाकुरले अनुसन्धानको क्रममा गरेको पोलयुक्त वयानमा माथि उल्लिखित प्रतिवादीहरुले निज थमन बि.क.को ज्यान मार्ने संयोग पार्ने कार्यमा संलग्न भएको भनी उल्लेख गरेको देखिन्छ । यस अवस्थामा निज प्रतिवादीहरुले मुलुकी ऐन ज्यान सम्बन्धीको १७(२) को कसुर गरेको देखिएकोमा प्रतिवादीहरु अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १ नम्बरको कसूरमा सोही महलको १३(३) वमोजिम जन्मकैद सजाय हुने ठहर गरेको एवं प्रतिवादीहरु लक्ष्मी महतो र पवन कापरलाई आरोपित कसुरबाट सफाई दिएको महोत्तरी जिल्ला अदालतको मिति २०८०÷०८÷२८ को फैसला सो हदसम्म नमिलेको हुँदा केहि उल्टी भई प्रतिवादीहरु अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई मुलुकी ऐन ज्यान सम्वन्धीको १७(२) वमोजिम जनही ५ (पाँच) वर्ष कैद सजाय हुने ठहर्छ।’ फैसलामा उल्लेख छ ।


यस्तो थियो घटना ः
मधेश आन्दोलनको क्रममा २०७२ साल भाद्र २५ गते विहान जलेश्वरमा केहि व्यक्तिहरुले शसस्त्र असई थमन विकलाई कुटपिट गरि घाईते बनाएकोमा उनको उद्धार गरि जलेश्वर अस्पताल लगिएको र त्यहाबाट थप उपचारको लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउपालिकाको सोनुषडा स्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । भाद्र २३ गते नै सुरक्षाकर्मीको गालीबाट ४ जना आन्दोलनकारीको मृत्यु भए लगतै प्रसासनको तर्फबाट कर्फयु लगाइएकोमा भाद्र २५ गते बिहान दुई घन्टाको लागि कफर््यु खोलिएपछि सो घटना भएको थियो । यि दुई घटना सेलाउन नपाउदै पहिलो दिन सुरक्षाकर्मीको गोलीबाट मारिएका रोहन चौधरीका हजुरबुवा गणेश चौधरी र एक महिला आन्दोलनकारीलाई समेत सुरक्षाकर्मीबाट गोली हानिएको थियो ।