महोत्तरी,१६ असार ।
मटिहानी नगरपालिका ७ स्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत बटुकहरुलाई वस्त्र(ट्र्याक सुट र धोती) सहयोग गरिएको छ । विद्यालयका पुर्व छात्र विष्णु पराजुलीको ५० हजार बराबरको ट्र्याक सुट र या.ल.ना.विद्यापीठका उप प्राध्यापक वैदिक सितारा पौडेलबाट प्राप्त ४० थान धोती बटुकहरुलाई मंगलवार बिहान मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल,पुर्व प्रधानाध्यापक अमिरीलाल मण्डल र राजकिय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।
वैदिक शिक्षालयक(गुरुकुल)मा अध्ययनरत बटुकहरुलाई प्रदान गरिएको वस्त्र अमुल्य रहेको भन्दै प्रधानाध्यापक पौडेलले दाताहरुलाई धन्यवाद दिएका छन । उनले यसले बटुकहरुको उत्साह बढेको बताए ।
यता मटिहानी नगरपालिकाका नगरप्रमुख मण्डलले वैदिक ज्ञानको केन्द्र र देशकै पुरानो गुरुकुल मटिहानी ऐतिहासिक ज्ञानभुमि रहेको बताए । उनले कुनै समय ठुला ठुला ऋषीमुनीहरुले यहि ठाउमा वेद र पुराण अध्ययन गरेको बताउदै यहि पवित्र भुमिमा शिक्षा हासिल गरिरहेका बटुकहरुको उज्जवल भविष्यको कामना गरे ।







