महोत्तरी,१५ असार ।
बर्दिवास स्थित सैनिक आवासिय महाविद्यालय परिषरमा आईतवार वृक्षारोपन गरिएको छ । “एक विद्यार्थी दुई बिरुवा” भन्ने मूल नारालाई आत्मसात् गर्दै महाविद्यालय परिसरभित्र विभिन्न प्रजातिका १००० बिरुवाहरू रोपण गरिएको हो । महाविद्यालयको सञ्चालक समितिको अध्यक्ष समेत रहेका मध्यपुर्वी पृतनाका पृतनापति भुवन खत्रीको प्रमुख आतिथ्यमा भएको सो वृक्षारोपन कार्यक्रम पश्चात महाविद्यालयका छात्रछात्राहरुसंग साक्षात्कार गर्दै उनले माटोमा रोपिएको विरुवा उनीहरुको भविष्य रहेको बताएका छन । उनले यहि रोपिएको विरुवा अक्सिजनको कारखाना बन्ने र यहि उनको धर्तीप्रतिको साँचो कर्तव्य रहेको थपे । पृतनापति खत्रीले जिवन र प्रकृति बुझ्ने अनुपम उदाहरण वृक्षारोपन भएको बताउदै उनीहरुमा प्रकृतिप्रतिको प्रेमले भोलीको भविष्य मरुभुमि नभई हरित भुमिको हुने छात्रछात्रालाई सम्बोधन गर्दै भने ।
उनले चुरे क्षेत्रको काखमा रहेको बर्दिवास तथा समग्र मधेश प्रदेशलाई मरुभुमिकरण हुनबाट जोगाउन र वातावरणिय सन्तुलन कायय राख्न तल्लो तटीय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्नु आजको आवश्यक्ता रहेको बताउदै महाविद्यालय परिवारबाट भएको वृक्षारोपन कार्यक्रमले हरियाली प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यसतै वृक्षारोपन कार्यक्रमका विशिष्ट अतिथि बर्दिवास नगरपालिकाका नगरप्रमुख क्षेत्रीले समेत बर्दिवास नगरपालिकाले समेत वृक्षारोपन कार्यलाई निरन्रता दिईरहेको बताउदै भएको बनको संरक्षणसंगै खाली स्थानमा वृक्षारोपन गरेर हरित बर्दिवास बनाउन सहयोग पुर्याउन सवैमा आग्रह गरे ।
नेपाल सरकारको “सगरमाथा वृक्षारोपण महाअभियान” अन्तर्गत आयोजना गरिएको उक्त वृक्षारोपन कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथी तथा अतिथिहरुसंगै महाविद्यालयका शिक्षक,कर्मचारीसंगै नेपाली सेनाका विभिन्न पदिय महानुभावका साथै महाविद्यालयमा अध्ययनरत सम्पुर्ण छात्रछात्राहरुले वृक्षारोपन गरेका हुन । नेपाल सरकारको वन तथा वातावरणसम्बन्धी नीति अनुरूप सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्याउने राष्ट्रिय प्रतिबद्धतालाई सघाउने तथा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको महाविद्यालय परिवारले जनाएको छ ।







