जनकपुरधाम,१५ असार ।
मधेश प्रदेश स्थित प्रदेश सभाका सभामुख रामअशिष यादवले वातावरण संरक्षणमा सवैले हातेमालो गर्न आग्रह गरेका छन । चुरे दोहन,बन बिनास र जथाभावी फालिने फोहोरले जल र जमिनमा नकारात्मक प्रभाव परिरहेकोले सवैले यसको संरक्षण गर्नु आवश्यक रहेको उनले बताए । जनकपुर स्थित रामा होटेलमा प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरुसंगको अन्तरकृया कार्यक्रममा उनले सो भनेका हुन ।
मानवले आफ्नै स्वार्थको लागि प्रकृतिको संरचना विगारिरहेको र प्रकृतिलाई विनास गरिरहेकोमा भोली यहि प्रकृतिले सोहि अनुरुप फिर्ता गर्ने भएकोले यसको संरक्षणमा सवैलाई लाग्न आग्रह गरे । मानवको लागि प्रकृति अति महत्वपुर्ण भएकोमा कतै प्लाष्टिक कतै कंकृट र कतै जंगल फडानी र कतै नदीको अवैध दोहनले हामीले आफुहरु प्रतिको जोखिम आफै बढाईरहेकोमा सक्दो वृक्षारोपन गर्न र हरेक प्रकारको दोहन रोक्नुका साथै प्रकृतिलाई फोहोर गर्न तत्काल बन्द गर्न उनको आग्रह थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको सोहि कार्यक्रममा सभामुख यादवसंगै वातावरणविद् इन्जिनियर रत्नेश्वरलाल कर्णले वातावरण संरक्षण मानव अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए । उनले स्वच्छ खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले पानीका स्रोतहरूको संरक्षण र प्रदूषण नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
त्यसतै वातावरणीय विज्ञ अजित श्रीवास्तवले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी, बाढी तथा प्राकृतिक विपद्का घटना बढ्दै गएको बताए। उनले हरितगृह ग्यासको अत्यधिक उत्सर्जन ग्लोबल वार्मिङको प्रमुख कारण रहेको थपे ।
यता विकास निर्माणका आयोजना सञ्चालनअघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले त्यसले वातावरणमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताए थपे ।
त्यसतै पर्यावरण विज्ञ मिथिला वाईल्ड लाईफ ट्रस्टका फाउण्डर देव नारायण मण्डलले मानवले आफ्नो क्षनिक सुखको लागि प्रकृतिलाई विनास गरिरहेको बताउदै उनले बन फडानी र चुरे दोहन लगायतका विषयमा सम्बन्धित सवै पक्ष गम्भिर भई यसको रोकथाममा लाग्नु पर्ने बताए । प्रकृतिले मानवसंगै करोडौं जिव समेतलाई बाच्ने आधार दिएकोमा हामीले आफु बाहेकका सवै जिवको आधार विनास गरिरहेको थपे ।
कार्यक्रममा वातावरण संरक्षण अभियानमा सक्रिय अभियन्ताहरु तथा संचारकर्मी सहितको उपस्थिति रहेको थियो ।
इन्सेक मधेश प्रदेशका संयोजक राजु पासमानले वातावरणीय मानव अधिकारसम्बन्धी अवधारणा र यसको वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए।







