जलेश्वर, २७ ज्येष्ठ ।
महोत्तरी प्रहरीले कारागारबाट फरार रहेका एक कैदीबन्दीलाई पक्राउ गरी पुनः कारागारमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चोरी तथा डाँका मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बर्दिबास नगरपालिका–१४ निवासी २५ वर्षीय निरज साह फरार रहेकेमा उनलाइ विशेष सुचनाको आधारमा मन्गलवार पक्राउ गरिएको हो । आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाइ पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार कारागार कार्यालय महोत्तरी, जलेश्वरमा बुझाएको । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले फरार प्रतिवादी तथा कैदीबन्दीहरूको खोजतलास र पक्राउ अभियान निरन्तर जारी रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







