रञ्जन कुमार भण्डारी
महोत्तरी,२७ ज्येष्ठ ।
भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धकजस्तै अवस्थामा राखिएका १६ जना नेपालीको उद्धार भई बुधवार करिव ४ बजे उनीहरु नेपाल भारतको सिमानाका मलिवाडा भिठामोडमा आईपुगेका छन । महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव तथा सुरक्षा निकाय प्रमुखहरु र आफन्त नेपाल सहितले उनीहरुलाई स्वागत गरेका छन ।

मंगलवार बिहान भारतको दिल्ली स्थित नेपाली एम्वेसीमा पुगेका उनीहरु आवश्यक कानुनी प्रकृयाहरु पुरा गरि दिल्लीबाट डिहेकोमा बुधवार अपरान्ह करिव ४ बजे आईपुगेका हुन ।
महोत्तरीको बर्दिबास नगरपालिका १४ मुसहर बस्ती का उनीहरु काम गर्न भनि भारतको हरियाना गएकोमा त्यहा भने अनुसारको काम नदिएको,तलव समेत रोकेको र कुटपिट समेत लगायतको समस्या भएपछि घरमा खवर गरेको उद्धार भएर आईपुगेका पिडितहरुले बताए ।
उनीहरुलाई आफन्त इण्डियाका उद्धार अधिकृत मान बहादुर श्रेष्ठले समेत उद्धार गर्न जादा उनीहरुको अवस्था दयनिय भेटिएको र साहुसंग बाकि बक्यौता तत्काल तिर्न लगाएर ल्याईको हो ।
बर्दीबास इलाका प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वय तथा हरियाणा प्रहरीको क्राइम ब्रान्च अन्तर्गत मानव तस्करी विरोधी इकाई, भारत सरकारका सम्बन्धित निकाय र आफन्त इण्डिया फाउन्डेशनको संयुक्त पहलमा सोमवार उनीहरु उद्धार भएका थिए ।
उनीहरु हरियाणाको झज्जर जिल्लाको मातनहेलस्थित एक पोल्ट्री फार्ममा बन्धक सरह अवस्थामा राखिएको पाइएको आफन्त इण्डिया फाउंडेशनका उद्धार अधिकृत मान बहादुर श्रेष्ठले बताए ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उद्धार भएर आएका सवैलाई बधाई दिदै उद्धार कार्यमा संलग्न नेपाल तथा भारतका सवै निकाय तथा अधिकारीहरुलाई धन्यवाद व्यक्त गरे । उनले सुरुमै जानकारी आउनासाथ उनीहरुको उद्धारको लागि पहल थालिएको र त्यसको सकारात्मक परिणाम हामीहरु माझ रहेको बताए ।
उद्धार गरिएकाहरुलाई वडा नं. १४ का वडाअध्यक्षले व्यवस्था गरिदिएको भाडाको बसमा सुरक्षित साथ बर्दिवास स्थित घर लगिएको छ ।







