महोत्तरी ।

महोत्तरी प्रहरीले दुई लाखभन्दा बढी नेपाली तथा भारतीय मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ निवासी ५५ वर्षीय अरुण कुमार चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले साेमवार दिउँसो जलेश्वर नगरपालिका–३ मलिबारा बजारस्थित भिठ्ठामोड–जनकपुर सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुको नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका चौधरीमाथी शन्का लागि खानतलासी गर्दा उनकाे साथबाट उत्त रकम फेला परेकाे हाे ।

भारतीय रुपैयाँ १ लाख ११ हजार ३ सय ५० र विभिन्न दरका नेपाली रुपैयाँ १ लाख १७ हजार ६ सय ५० बरामद गरेको जनाएको छ। उनकाे साथबाट प्रहरीले कुल २ लाख २९ हजार बरामद गरेकाे हाे ।

प्रहरीले उनकाे साथबाट इटेल कम्पनीको एक थान मोबाइल फोन र एउटा साइकल समेत बरामद गरि नियन्त्रणमा लिएकाे हाे ।

बरामद रकमको स्रोत खुल्न नसकेको तथा विदेशी मुद्रा अपचलनको आशंकामा चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धानपछि उनलाई बरामद नगदसहित कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पञ्च लाल गोलेले जानकारी दिएका छन्।