रञ्जन कुमार भण्डारी
महोत्तरी,२५ ज्येष्ठ ।
महोत्तरीको सम्सी गाउपालिका ५ पोखरभिण्डा बस्ने रोहित यादवको ३ वर्षिय छोरा मनिकेश कुमार यादवको शव हराएको दुईदिन पछि सोहि वडाको ब्रम्हस्थान स्थि पोखरीमा बोराभित्र तैरिरहेको अवस्थामा फेला परेको छ । स्थानियले बोराभित्र तैरिरहेको अवस्थामा खुट्टाको भाग देखेपछि प्रहरीलाई खवर गरेकोमा घटनास्थल पुगेको प्रहरीले शव पोखरीबाट निकालेकोमा उक्त शव हराएकै बच्चाको रहेको सनाखत भएको हो ।
शव बोरा भित्र राखिएको अवस्थामा रहेकोमा कसैले हत्या गरेर पोखरीमा शव फालेको हुन सक्ने आशंकाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी डिएसपी पन्चलाल गोलेले बताए । उनले घटना गम्भिर प्रकृतिको भएकोमा अनुसन्धान सुक्ष्म हुने बताए ।
यता बालकको अभिभावकले समेत आफ्नो छोरालाई कसैले मारेर पोखरीमा फालेकोमा दोषीपत्ता लगाई हदैसम्मको कार्यवाहीको मांग गरेका छन ।
बालक ज्येष्ठ २२ गते साझ घर छेउमै खेल्न गएको अवस्थामा वेपत्ता भएका थिए । परिवारले सोहि समय देखि बच्चालाई खोजेपनि नभेटेपछि प्रहरीमा जानकारी गराएका थिए । यता प्रहरीले समेत आफ्नै अनुसन्धानसंगै मिडियामा समेत बालक हराएको भनि हुलिया खुल्ने फोटो सहित जानकारी गराएका थिए ।







