रञ्जन कुमार भण्डारी
महोत्तरी,२२ ज्येष्ठ ।
महोत्तरीको सम्सी गाउपालिका २ स्थित सम्सी गौशाला सडक खण्डको पर्सा देवाडमा स्थानियहरुले विधुत समयमा मर्मत नगरेको विरोधमा सडक जाम गरेकोमा प्रहरीको समन्वयमा अबरुद्ध सडक खुलाइएको छ । विधुत प्राधिकरणले विग्रेको लाईन मर्मत गर्न ईन्जिनियर सहितको टोली खटाएर नयाँ तार ओछ्याउन थालेपछि स्थानियले अवरुद्ध सडक खोलेका हुन ।
नेपाल विधुत प्राधिकरण गौशाला वितरण केन्द्रा प्रमुख ईन्जिनियर उमेश प्रसाद यादवले सोहि ठाउमा निक्कै पुरानो तार रहेकोमा पटक पटक लाईन कट्ने समस्या रहेकोमा आफ्नो टोली सोहि समय देखि लाईन मर्मतको कार्य गरिरहेको र अहिले नयाँ तार ओछ्याउने कार्य अन्तिम चरणमा रहेको साथै स्थानियहरुले थप ट्रान्सफरमर समेत मांग गरेकोमा त्यसको लागि समेत प्रकृया थालिसकेको बताए ।
स्थानियहरुले गर्मीको समय पटक पटक लाईन अवरुद्ध हुदा बालबालिका तथा जेष्ठ नागरिक अति प्रभावित भएपछि आफुहरु बाध्य भएर सडकमा आउनु परेको प्रतिकृया दिए ।
उनीहरुले अव लाईन मर्मत पछि पुनः पटक पटक अवरुद्ध नहेने अपेक्षा सहित आफुहरुले सडक खोल्न राजी भएको बताए ।