रञ्जन कुमार भण्डारी
महोत्तरी, २२ जेठ ।
महोत्तरीमा विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । डिभिजन वन कार्यालय महोत्तरीले वृक्षारोपण तथा सरसफाइ तथा स्वास्थ्य निर्देशनालय मधेश प्रदेश र स्वास्थ्य कार्यालय महोत्तरीले प्रभातफेरी कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो । दुई कार्यक्रमको माध्यमले वातावरण संरक्षणको सन्देश प्रवाह गरिएको छ ।


डिभिजन वन कार्यालय जलेश्वरको आयोजनामा जलेश्वर नगरपालिका–९, प्रकौलीस्थित श्री जानकी परीक्षण माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम डिएफओ अजय कुमार मिश्रको नेतृत्वमा सम्पन्न भएको छ । सोहि कार्यक्रममा गोरखनाथ गण प्रकौलीको टोली,स्थानिय जनप्रतिनिधी,विद्यालय व्यवस्थापन समिति को सहभागिता रहेको थियो ।
यता कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षारोपणको महत्वबारे चर्चा गरेका थिए । सो अवसरमा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।


यस्तै, स्वास्थ्य निर्देशनालय मधेश प्रदेश, सपही धनुषा र स्वास्थ्य कार्यालय महोत्तरीको संयुक्त आयोजनामा जलेश्वरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने सन्देश बोकेको प्रभातफेरीमा स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रभातफेरी कार्यक्रमको नेतृत्व स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोजचन्द्र न्यौपानेले गरेका थिए ।
विश्व वातावरण दिवसका अवसरमा आयोजित यी कार्यक्रमहरूले वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन् ।