रञ्जन कुमार भण्डारी
महोत्तरी,१७ ज्येष्ठ ।
महोत्तरीको गौशाला नगरपालिका १२ पररियामा इनार खन्ने क्रममा एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी डिएसपी पञ्चलाल गोले ले शनिवार दिउसो ३६ फिट गहिरो इनार खन्ने क्रममा उनको मृत्यु भएको बताएका छन ।
गौशाला नगरपालिकाबाट बजेट निकासा भई वडा स्तरमा ठेक्का लगाइएको उक्त इनारभित्र जमिनमा रहेको काठ मोटर आरा मेसिन प्रयोग गरि काट्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका १३ निवासी २२ वर्षिय बसन्त कुमार महतोको धुँवाको कारण इनारमा निस्सासिएर बेहोस भएको अवस्थामा उद्धार गरि ईश्वरपुर नगर अस्पताल बयलबास लगिएकोमा उपचारको क्रममा मृत्यु भएको डिएसपी गोले ले बताए ।
उनले घटना बारे थप अनुसन्धान भैरहेको थपे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







