रञ्जन कुमार भण्डारी
महोत्तरी,१२ ज्येष्ठ ।
महोत्तरीमा विपद प्रकोप सम्बन्धी खोज तथा उद्धार कार्यको प्रयोगात्मक अभ्यास मंगलवार बिहान सम्पन्न भएको छ । जिल्ला विपद व्यवस्थापन समिति महोत्तरीको आयोजनामा जलेश्वर नगरपालिका १ स्थित बरुणसर पोखरीमा उक्त अभ्यास सम्पन्न भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा निकायहरुले वाढी लगायतका विपदको वेला कसरी जोगिने सहितको उद्धार पद्दती मोक ड्रिल(प्रयोगात्मक अभ्यास) सहित देखाएका थिए । उक्त अभ्यास कार्यक्रममा जलेश्वर नगरपालिका,मटिहानी नगरपालिका सहितका विभिन्न स्थानिय तहका प्रमुखहरु लगायत विभिन्न सरोकारवाला निकाय तथा स्थानियको उपस्थिति रहेको थियो ।