रञ्जन कुमार भण्डारी
महोत्तरी,८ ज्येष्ठ ।
महोत्तरीको सोनमा गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकम सहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय बर्दिबासको टोलीले उनलाई गौशाला नगरपालिका स्थित निगौल चौकबाट नियन्त्रण मा लिएको हो । एक उपभोक्ता समितिबाट उक्त रकम लिएको बुझिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत यादवले पालिकामा विभिन्न योजनाहरू संचालनमा मोटो रकम कमिसन लिने गरेको व्यापक गुनासो थियो । उनलाई थप अनुसन्धानको लागि तत्काल बर्दिबास स्थित अख्तियार को कार्यालयमा लगिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







