
किशोरी सवैभन्दा बढी जोखीममा
समाजमा महिला वा बालिकासंग हुने यौनजन्य घटनाहरुले समाजलाई नै दोषी देखाईरहेको अवस्थामा यस्ता घटना घटाउनेहरुलाई कानुनी रुपमा दण्डित गर्न आवश्यक छ
रञ्जन कुमार भण्डारी
महोत्तरी,३० वैशाख ।
महोत्तरीमा महिला तथा बालिकामाथि हुने बलात्कार तथा यौनजन्य हिंसाका घटना अझै नियन्त्रण हुन सकेको छैन । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म जबरजस्ती करणीका मात्र २८ मुद्दा दर्ता हुदा अधिकाँश पिडित किशोरी रहेको तथ्यांकले जिल्लामा महिला सुरक्षा चुनौतीपुर्ण बन्दै गएको देखाए
प्रतिनिधी मुलक घटना ः
महोत्तरीकै २७ वर्षिया महिलालाई २८ वर्षिय पुरुषले बलात्कार गरेको आरोप लगाउदै पिडितबाट मुद्दा दर्ता गराइयो । घटनापछि आरोपी फरार छन । घटना गत पौष महिनाको हो ।
त्यसतै चैत्र १० गते १६ वर्षिया बालिकालाई १९ वर्षिय युवकले बलात्कार गरेको भनि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी पर्यो । प्रहरीले सोहि घटनामा आरोपितलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।
यता गत वैशाख १३ गते जिल्लाको गौशाला नगरपालिका भित्र कै कुनै वडामा मध्यरात पाँच महिनाकी गर्भवती महिलासंग जबरजस्ती करणी भयो । घरमा सुतिरहेको अवस्थामा मध्यरात केहि व्यक्ति पिडित सुतिरहेकै घरमा प्रवेश गरेर जबरजस्ती करणी गर्दै उनलाई कुटपिट गर्दै मार्ने प्रयास गरे । रोजगारीको लागि श्रीमान छिमेकी देश भारत गएको अवस्थामा घरमा तिनजना बच्चासंगै सुतेकी उनीसंग यौनजन्य हिंसा भयो । प्रहरीले सोहि घटनामा मुद्दा दर्ता गरि आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
माथिका यि घटनाहरु प्रतिनिधी घटना मात्र हुन महोत्तरीमा नावालिक देखि पाको उमेरसम्मका बालिका तथा महिला यौन हिंसा तथा बलात्कारको सिकार भएका छन । सोहि मध्ये केहि अस्पताल भर्ना भएर उपचार समेत गराउनु परेको अवस्था छ ।
तथ्यांक हेर्दा महोत्तरीमा महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसा र जबरजस्ती करणीका घटना अझै घट्न सकेको छैन । पछिल्लो समय यस्ता घटनामा वृद्धि हुदा सुरक्षा र सचेतनामाथि प्रश्न उठ्न थालेको छ ।
महोत्तरीमा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म जबरजस्ती करणीका मात्र २८ मुद्दा दर्ता भएको छ भने जबरजस्ती करणी प्रयासको ९ घटना दर्ता छ । यता अपहरण गरि जवरजस्ती करणी गरेको ६ मुद्दा दर्ता भएको छ । प्रहरीले जवरजस्ती करणी मुद्दामा ११ जनालाई पक्राउ गरि मुद्दा चलाएको छ भने सोहि घटनामा १४ जना फरार छन । यता जवरजस्ती करणी उद्योगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिन सकेको छ भने अझै २३ जना फरारको सुचिमा छन । यता अपहरण तथा जवरजस्ती करणी मुद्दामा समेत प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । यसै शिर्षकको घटनामा २ जना फरार छन ।
यस्तो छ तथ्यांक ः

सामाजिक दबाबले न्याय प्रकृयामा असर ः
यि तथ्यांकले जिल्लामा बालिका तथा महिलाको यौनजन्य घटनाको अवस्था दर्र्शाइरहदा यसले सवैलाई सोच्न बाध्य पारेको छ । महिलालाई वस्तुको रुपमा हेर्दा यस्ता प्रवृतिका व्यक्तिहरुले अझै समाज दुषित गरिरहेको महिला अधिकारकर्मीहरुको भनाई छ । महिला अधिकारकर्मी गुञ्जा राय कानुनका विभिन्न लुपहोल र विभिन्न शक्ति तथा पहुचकै कारण आरोपीहरु उम्किन सक्ने सम्भावना समेत रहेको अवस्थामा बलात्कार जस्ता जघन्य प्रकृतिका घटनाहरुमा अझै कडा कानुन ल्याउन आवश्यक रहेको बताउछिन । उनी महिलासंग यौनजन्य हिंसा लगायतका घटना घटाउने व्यक्तिहरुलाई राजनितिक र सामाजिक रुपमा समेत वहिष्कृत गर्न सकिए यस्ता प्रवृतिहरुको अन्त्य हुने बताउछिन । हाल घटना घटाएर समेत विभिन्न संरक्षणमा गई पुष्टपोषित हुदै आएका आरोपीहरुलाई कानुनी कठघरामा उभ्याउन सवै पक्ष गम्भिर हुनु पर्ने थप्छिन ।
कहिले राजनितिक दवाव त कहिले जातिगत दवाव र कहिले पुरुषार्थको वलकै कारण अझै केहि पिडित प्रहरी र न्यायालयसम्म पुग्न नसकेको घटनाहरु पनि हाम्रै समाजमा देखिने गरिएकोमा यस्ता घटना मिलाउने र दबाउनेहरुलाई समेत कानुनी कठघारामा ल्याउन आवश्यक रहेको अर्का अधिकारकर्मी सुनिता झा बताउछिन । उनी भन्छिन,‘समाजमा यस्ता घटेका घटनाहरुलाई सम्बन्धित निकायसम्म पुग्न नै नदिनको लागि विभिन्न किसिमका अवरोधहरु आईरहेको अवस्था छ ।
हिंसा पिडित बालिकाहरुको संरक्षण र न्याय प्रकृयामा विभिन्न सहायता गर्दै आएको संस्था आवर संसार संग जोडिएकि जुनु दियालीले समाजका केहि गलत व्यक्तिहरुले साना बालिकाहरुलाई समेत आफ्नो यौन प्यास मेटाउन उनीहरुसंग यस्ता गलत कार्य गरिरहेकोले बालिकाहरुको सुरक्षाका सवालमा सरकार र सरकारका कानुन पालना गराउने निकासका साथै समाज समेत सकृय हुनु पर्ने बताउछिन । उनी उमेर नै नपुगेकि बालिकाहरुलाई समेत विभिन्न बहाना र प्रलोभनमा पारेर उनीहरुसंग बलात्कार भैरहेको घटनाहरु पर्याप्त रहेको बताउछिन । उनी यौन के हो ? भन्ने सम्मका जानकारी नहुने सानी बालिकाहरु यौन हिंसामा पिडित भएर सुरक्षा आवासमा आउने गरेको स्मरण गराउदै समाजमा छोराहरुलाई समेत चेतनशिल बनाउनु आवश्यक रहेको बताउछिन ।
यस्तो छ उमेर अनुसार पिडितको अवस्था ः

प्रहरी भन्छन जबरजस्ती करणी जस्ता घटनामा किन्तु परन्तु हुदैन ः
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्मा समेत यस्ता गम्भिर प्रकृतिका घटनालाई प्रहरीले गम्भिरता पुर्वक लिई अनुसन्धान गरेर आरोपीलाई अदालतसम्म पुर्याईरहेको बताउछन । प्रहरीलाई यस्ता घटना बारे जानकारी आउनासाथ प्रहरी पुर्ण रुपमा सकृय हुने र आवश्यक कार्यवाही अगाडी बढाउने गरेको उनी बताउछन । उनी भन्छन,‘उमेर पुगेकै व्यक्तिको हकमा समेत उसको मर्जी बेगर जवरजस्ती कसैले करणी गरे वा प्रयास गरे त्यसतालाई कानुनको अगाडी उभ्याउन आफुहरु प्रतिवद्ध रहेको बताउछन । ’
समय र परिस्थिति अनुसार घटना वढी वा कम हुने गरेपनि समाजमा यस्ता प्रकृतिका मानिसहरुलाई संरक्षण गरि पिडितलाई न्यायको साटो गाउमै लोकलाज,दवाव,आर्थिक प्रलोभन वा अन्य वहानामा परिवार,समाज,राजनितिक पृष्टभुमिका व्यक्ति र अन्यबाट समेत मुद्दा नगर्न वा वयान फेर्न दवाव आउदा घटनाक्रम कम हुनु भन्दा पनि वढदै जाने भएकोले पिडितलाई न्याय दिलाउन र सम्भव भए यस्ता घटनै हुन नदिन सवैको पहल आवश्यक छ ।
धेरै मुद्दामा दाबी नै पुग्दैन ः
यता प्रहरीको अनुसन्धान पछि सरकारी वकिल कार्यालयको माध्यमले अदालत पुग्ने गरेको मुद्दाहरु समेतमा दाबी नपुगेको समस्या समेत देखिएको छ । जिल्ला अदालत महोत्तरीमा आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएको जबरजस्ती करणीको ३४ मुद्दामा ८ मुद्दामा दाबी नपुगेको फैसला अदालतबाट आएको छ भने दाबी पुगेको मुद्दा जम्मा २ छन । यता अझै १७ मुद्दा चालु अवस्थामै रहेको छ । अदालतले ३ मुद्दा मुलतवीमा राखेको छ भने १ मुद्दामा आँशिक दाबी पुगेको छ । त्यसतै ३ मुद्दाको दाबी परिवर्तन भएको छ ।
त्यसतै जबरजस्ती करणी उद्योगको जम्मा ६ मुद्दा सोहि आर्थिक वर्षमा दर्ता भएकोमा सो मध्ये २ मुद्दामा दाबी पुगेको र ३ मुद्दामा दाबी नपुगेको अवस्था छ । यता १ मुद्दामा आँशिक दाबी पुगेको देखिन्छ । जिल्ला अदालत महोत्तरीमा सोहि आर्थिक वर्षमा जबरजस्ती करणी मिलापत्र को १ मुद्दा समेत दर्ता भएकोमा सोहि मुद्दामा समेत दाबी नपुगेको अवस्था छ ।
सरकारी वकिल कार्यालय महोत्तरीका सहन्यायाधिवक्ता दिपेन्द्र दास भने अधिकांश मुद्दामा दाबी नपुग्नुमा विभिन्न कारणहरु केलाउछन । प्रतिकुल बकपत्र लगायतकै कारण पनि दाबी नपुग्ने अवस्था आउने गरेको उनको भनाई छ । यता पहिले बलात्कार भएको भनेर आएको प्रेम सम्बन्धका घटनाहरुमा समेत प्रतिकुल बकपत्र कारण देखिने गरिएको उनको कथन छ । थप कारणहरुमा घटना लगतै मुद्दा प्रकृया मा पिडित नजादा धेरै सवुत प्रमाणहरु नष्ट हुन सक्ने सम्भावना वढ्नु तथा अन्य कारणहरु हुने उनको भनाई छ ।
समाजमा महिला वा बालिकासंग हुने यौनजन्य घटनाहरुले समाजलाई नै दोषी देखाईरहेको अवस्थामा यस्ता घटना घटाउनेहरुलाई कानुनी रुपमा दण्डित गर्न आवश्यक छ भने अभिभावक र गुरुले समेत आफ्ना सन्तान तथा विद्यार्थीलाई जबरजस्ती करणी लगायतका विषय आपराधिक रहेको भन्दै चेतना जगाउन आवश्यक छ ।







