काठमाडौं, २८ वैशाख ।
सरकारले सार्वजनिक निकायलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित आजदेखि देशभर ‘सरसफाइ सप्ताह–२०८३’ अभियान सुरु गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको मार्गदर्शनअनुसार संघीय, प्रादेशिक तथा स्थानीय तहका सरकारी कार्यालय र सार्वजनिक शैक्षिक संस्थाहरूमा अभियान सञ्चालन गरिनेछ ।
अभियानको औपचारिक उद्घाटन आज बिहान वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री ल्ष्कजब ःभजतब को उपस्थितिमा गरिएको जनाइएको छ ।
सरकारले न्यून लागतमा अधिकतम सरसफाइ सुधार गर्ने लक्ष्यसहित कार्यालय परिसर, शौचालय, सूचना प्रणाली, फोहोर व्यवस्थापन तथा सेवाग्राहीमैत्री वातावरण सुधारमा विशेष जोड दिएको छ ।
मार्गदर्शनअनुसार सबै सरकारी कार्यालयमा नियमित सफाइ, फोहोर वर्गीकरण, सहायता कक्ष स्थापना, महिलामैत्री शौचालय र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्नेछ ।
खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ भने कार्यालय परिसरको एक सय मिटर वरपर सफा राख्न निर्देशन दिइएको छ ।
सरकारले अभियानलाई दीगो बनाउन प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने र मासिक स्वमूल्यांकन प्रणाली लागू गर्ने व्यवस्था गरेको जनाएको छ ।







