काठमाडौं, २८ वैशाख ।
राष्ट्रीय स्वतन्त्र पार्टीले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना सदस्यको सदस्यता खारेज गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिए ।
बैठकले प्रदेश समितिको सिफारिसअनुसार बारा जिल्ला समिति विघटन गर्ने तथा नयाँ जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णयसमेत गरेको छ ।
त्यसैगरी वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशन सञ्चालनका लागि विशेष तालिका स्वीकृत गरिएको छ । पार्टीले विभिन्न विभाग तथा संरचनामा नयाँ जिम्मेवारीसमेत तोकेको जनाएको छ । रास्वपाले आगामी वैशाख ३० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







