काठमाडौं,२७ वैशाख ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भएका ६५ वटा मोटरसाइकल सवारीधनीलाई हस्तान्तरण गरेको छ ।
आइतबार ट्राफिक मुख्यालय बग्गीखानामा आयोजित समारोहमा कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले सवारीधनीलाई मोटरसाइकलको कागजपत्र हस्तान्तरण गरेका हुन् ।
मोटरसाइकल हस्तान्तरण गर्दै एसएसपी अधिकारीले जिपिएस जडान गर्न, लक सिस्टम बलियो राख्न र सुरक्षित स्थानमा पार्किङ गर्न अनुरोध गरेका थिए । ट्राफिकले खोजेर बुझाएको बाइकमा ३३ लाखसम्म मूल्य पर्ने मोटरसाइकल थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







