रञ्जन कुमार भण्डारी
महोत्तरी,२५ वैशाख ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को ३५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम(एनआरआरपी) ले वृक्षारोपन गरेको छ । वातावरण संरक्षण,हरियाली प्रवद्र्धन तथा दिगो कृषि प्रणालीलाई सुदृढ गर्ने उदेश्यका साथ वृक्षारोपन गरिएको एनआरआरपीका वरिष्ट वैज्ञानिक डा. पल्लवी सिंहले बताइन । वृक्षारोपन कार्यालय परिषरमै विभिन्न प्रकारका विरुवाहरु रोपन गरिएको हो । वृक्षारोपन कार्यक्रममा वैज्ञानिक,कर्मचारी,कृषक तथा फिल्ड सहयोगीहरुको सहभागिता रहेको थियो ।
वृक्षारोपन पश्चात एनआरआरपीका वैज्ञानिक विश्वास राज वास्तोला,वरिष्ट प्राविधिक अधिकृत रवेन्द्र प्रसाद साह र उमेश साह,प्राविधिक अधिकृत मो.फरहत अली र विशेश्वर कुशवाहाले आ आफ्नो मनतव्य राखेका थिए । उहाहरुले किसानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उन्नत तथा जलवायु मैत्री धानका जात विकास गर्नुका साथै प्रविधि हस्तान्तरण र नयाँ चुनौतीहरुलाई सामना गर्न अनुसन्धान मुखी कृषि प्रणाली अपरिहार्य रहेको बताएका थिए ।
त्यसतै उहाहरुले खाद्य सुरक्षा सुनिश्चित गर्नमा एनआरआरपी आफ्नो प्रभावकारी भुमिका निर्वाह गर्न प्रतिवद्ध रहेको समेत बताएका थिए ।







