शर्मिला घिमिरे
बर्दिबास, १९ वैशाख ।
सबैको सहयोग र सहकार्यले मात्रै सफलता प्राप्त गर्न सकिन्छ।पाँचौं आदिवासी जनजाति महोत्सव बर्दिबासले आयोजना गरेको कृषि प्रदर्शनीमा बोल्ने क्रममा बर्दिबास नगरपालिकाका मेयर प्रल्लाद कुमार क्षेत्रीले भन्नुभयो ।आफूले चाहेर पनि धेरै कार्यहरू गर्न नसकी अधुरा अपुरा नै छन्। त्यसलाई पुरा गर्ने अठोट लिएर अगाडि बढेको छु।यसका लागि सबैको सहयोग र सहकार्य जरुरी पर्दछ। तीन तहका सरकारमा तिनै तहका सरकारले गर्ने कार्यक्रमहरू आफ्नाआफ्नै भए पनि उनीहरूले गर्ने कार्यक्रम पनि पूरा नगरेका कारण स्थानीय सरकारको जिम्मामा आइपुग्छ । बर्दिबास नगरपालिकाले छुने चुरे अन्तर्गतका बाटा पुल जस्ता संरचनाहरूमा पनि नगरपालिकाले आफ्नो बजेट प्रयोग गर्नुपर्ने भएको हुँदा उत्पादनको क्षेत्रमा खासै लगानी गर्न नसकेको बताउँदै अबका दिनमा उत्पादनलाई नै जोड दिने बताउनुभयो। ।महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाले हरेक वडामा दुई दुई वटा समूह बनाई एक समूहमा २४ जनाका दरले एउटा वडाबाट ४८ जना महिलाहरू छनोट गरी ‘उनीहरूको चाहना अनुसार समूह बनाई उत्पादनका कार्यमा लगाउने लक्ष्य सहित नगरपालिकाको सहयोगमा कार्यक्रम सुरु गरिसकेको बताउनुभयो। किसानको सहजीकरणकै लागि कृषि मिटरको सामूहीकरण गरी नगरले नै किसानहरूको मिटरको शुल्क तिरिदिने योजना अगाडि बढाएको बताउँदै किसानहरूको गुनासो र प्रश्नको सम्बोधनमा कोल स्टोरको सञ्चालन आफूले चाहेर पनि गर्न नसकेको बताउनुभयो। कोलिस्टोर सञ्चालन गर्न लगभग १४ करोड खर्च हुन्छ। नगरलाई प्राप्त हुने जम्मा १६ करोड हुन्छ। एक वर्षको बजेट सबै त्यसैमा खर्च हुने हुँदा अन्य विकासका कार्य रोकिन्छ ।आमजनताले विकासका कार्य रोकेर यसो गर्न नचाहेको हुँदा आफूले कोलस्टोर सञ्चालन गर्न नसकेको बताउनुभयो।
उक्त महोत्सवमा बर्दिबास नगरपालिका लगायत भंगाहा र गौसला नगरपालिकाका तरकारी कृषकहरूले आफ्ना तरकारीको प्रदर्शन गरेका थिए। बर्दिबास नगरपालिकाका किसानहरूले उत्पादनलाई सहजीकरण गरिदिन र घोड गधा बाँदर जस्ता जनावरले बाली नाली तथा तरकारी नष्ट गरिदिने हुँदा यो समस्याको समाधान गरिदिन अनुरोध गरेका थिए । प्रदर्शनीमा बर्दिबास नगरपालिकाका किसानले उत्पादन गरेको १८ किलोको लौका र २० किलोको फर्सी प्रमुख आकर्षण बनेका थिए। तिनै नगरपालिकाले आफ्ना आफ्ना लोकल उत्पादनलाई प्राथमिकतामा राखेका थिए।
कार्यक्रममा आदिवासी जनजाति महासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठ ,वरिष्ठ उपाध्यक्ष हर्क तामाङ ,होटल व्यवसाय सङ्घका पूर्व अध्यक्ष सुदीप कार्की लगायत विभिन्न व्यक्ति , कृषि समूह तथा कृषक व्यक्तिहरूको उपस्थिति थियो।







