काठमाडौँ, १६ वैशाख ।
आइसिसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा ओमानले नेपाललाई ३०६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३०५ रन बनाएको हो। ओमानका लागि कप्तान जतिन्द्र सिंहले उत्कृष्ट शतकीय पारी खेल्नुभयो। उहाँले ९६ बलमा १३० रन बनाउँदै टोलीलाई बलियो अवस्थामा पुर्यापउनुभयो।
नेपालका बलरहरूले सुरुवातमा खासै प्रभाव जमाउन नसके पनि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो। उहाँले नौ ओभर बलिङ गर्दै ५९ रन खर्चेर चार विकेट लिनुभयो।
त्यस्तै, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट हात पार्नुभयो। अन्य बलरहरूले भने कुनै विकेट लिन सकेनन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







