काठमाडौँ, १६ वैशाख ।

प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना हुनुभएको छ ।

अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार उपसभामुख ठाकुरलाई बुधबार बिहान अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो । पाठकले उहाँको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी दिनुभयो ।

अहिले विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । स्वास्थ्यमा देखिएको समस्याबारे विस्तृत परीक्षण भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।