धादिङ, १६ वैशाख ।

जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालयबीच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्यारउने सम्बन्धी औपचारिक सम्झौता भएको छ। जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्या्उने गरी मंगलबार दुई कार्यालयबीच सम्झौता गरिएको हो।

मन्त्रिपरिषद्को गत १३ चैतको बैठकले शासकीय सुधारसम्बन्धी सय कार्यसूची सार्वजनिक गरेको थियो। सोहीअनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले दुई सेवा प्रदायकबीच सम्झौता गरिएको हो।

७ वैशाखबाट बनाइएका सबै राहदानी सेवाग्राहीको चाहना र आवश्यकताअनुसार घरघरमा पुर्यागइने धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए। ‘राहदानी आवेदन दिने क्रममा सेवाग्राहीले राहदानी कहाँ लिने भनेर भरेको आधारमा हुलाक सेवामार्फत घरमै डेलिभरी दिने व्यवस्था मिलाइएको छ,’ उनले भने।

जिल्लाका विकट क्षेत्रबाट मोटो रकम खर्चिएर पासपोर्ट लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता हट्ने उनले बताए। राहदानी बनाउन बायोमेट्रिकका लागि प्रशासन कार्यालय आउनुपर्ने भए पनि तयार भएपछि घरमै पुर्यानउँदा समय र खर्च बचत हुने उनले बताए।

सेवा घरमै पाएबापत अतिरिक्त शुल्क लाग्ने छैन। भविष्यमा नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा पनि घरदैलोमै दिने लक्ष्य रहेको उनले बताए।