महोत्तरी, १६ बैशाख ।

मटिहानी नगरपालिकाको आयोजनामा किशोरीहरुको लागि आत्मरक्षा (क्भाि म्भाभलकभ) सम्बन्धी जीवनउपयोगी तालिम शुरु भएको छ।

चार दिन सम्म संचालन उक्त आधारभूत तालिममा पालिकाका चारवटा माध्यमिक विद्यालयहरू मटिहानी, मझौरा, सिमरदही र सिरसियाका ४० जना छात्रा किशोरीहरु सहभागी रहेका छन।

यसै बीच सो तालिमको एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख मंजु देवी साह, वडा अध्यक्षहरु रितेश साह, जितनारायण माझी, महिला बालबालिका शाखाका शाखा प्रमुख दिपा दास, प्रशिक्षक पिंकी शर्मा र टंक प्रसाद उपाध्यायले तालिमको उद्देश्य माथि प्रकाश पारे । तालिममा किशोरीहरुलाई आत्मरक्षा (क्भाि म्भाभलकभ) बारे प्रशिक्षण दिइने छ।