महोत्तरी बैशाख १६ गते ।
मटिहानी नगरपालिकाको नगर प्रमुख हरि प्रसाद मण्डलले मटिहानीमा पोते तथा क्रिस्टल माला बनाउने तालिमको उद्घाटन गरेका छन ।
एक महिने सो तालिममा महिला र किशोरी गरी ३० जना सहभागी छन।
मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अर्जुन कुमार मण्डलज्यूको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दास र प्रशिक्षक सुधिरा मण्डलले तालिमको उद्देश्य माथि प्रकाशन पारिन । तालिमले महिला र किशोरीहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







