काठमाडौं, १६ वैशाख ।
रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज कपमा नेपालले घरेलु टोली रुवान्डामाथि ३८ रनको सानदार जित हात पारेको छ।
किगालीस्थित गहंगा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा ६५ रनमै अलआउट भयो।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।
डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा नेपालले अब बाँकी खेलहरू भानुआटु र इटलीसँग खेल्नेछ। प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







