काठमाडौं, १६ वैशाख ।
सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको रिटमा उक्त आयोग संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्र मिच्ने गरी गठन गरिएको दाबी गरिएको छ।
सरकारले २०६२÷०६३ पछि उच्च पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगलाई एक वर्षको कार्यकाल दिइएको छ र उसले सार्वजनिक पदमा रहेका तथा सेवानिवृत्त पदाधिकारीहरूको सम्पत्ति अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ।
सर्वोच्चले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै थप बहसका लागि पेशी तोकेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







